२९ जेठ २०८३, शुक्रबार

गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीबाट कोरोना कोषमा सहयोग

बैशाख १६, २०७७
गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीबाट कोरोना कोषमा सहयोग

गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन् ।

कार्यक्रमका देशभर कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट संकलित सहयोग ३ लाख ८८ हजार ८ सय रुपैयाँ सहयोग गरेका हुन्।

कार्यक्रमका संयोजक विद्या सागर पाण्डेयले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेका हुन्।

 

कमेन्ट गर्नुहोस्