२६ जेठ २०८३, मंगलबार

कोरोना रोकथामका लागि काेका-काेलाकाे ८ कराेड सहयाेगकाे घाेषणा

बैशाख १६, २०७७
कोरोना रोकथामका लागि काेका-काेलाकाे ८ कराेड सहयाेगकाे घाेषणा

पेय पदार्थ उत्पादक कम्पनी कोका-कोलाले कोरोना भाइरस रोकथामका लागि नेपाललाई ८ करोड सहयोग गर्ने भएको छ। 

कोका-कोलाले कोरोना रोकथामका लागि फ्रन्टलाइन खटिने स्वास्थ्यकर्मी, आपतकालीन कर्मचारीका लागि आधारभूत स्वास्थ्य सुविधा, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरी तत्काल राहत प्रदान गर्न उक्त सहयोगको घोषणा गरेको जनाएको छ।

साथै कम्पनीले आपतकालीन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामग्री प्रदान गरिरहेकाे जनाएको छ। 

कोका-कोलाले नेपालमा समुदायलाई काेराेनाविरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पु-याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ। कोका-कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन् ।

कोका-कोला, अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले नेपालमा कम्पनीका पार्टनहरुका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम भइरहेको बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्