१५ असार २०८३, सोमबार

दाङमा बस खस्यो, तीनको मृत्यु, १७ घाइते

कात्तिक २०, २०७४
दाङमा बस खस्यो, तीनको मृत्यु, १७ घाइते
काठमाडौं, ७ पुस — बुटवलबाट दाङको घोराई तर्फ जाँदै गरेको यात्रुवहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी १७ जना घाइते भएको दाङका एसपी धिरज सिंहले बताए ।

बुटवलबाट घोराई जाँदै गरेको लु २ ख ७७६ नम्बरको बस दाङको लक्ष्मीपुर गाविसको मसोट खोलामा दुर्घटनामा परेको हो । गाडीमा ३० भन्दा बढी यात्रु सवार रहेका थिए ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ । एसपी सिंहका अनुसार घाइतेहरूको दाङको लमही र घोराइ अस्पतालमो उपचार भइरहेको छ ।

६ वटा एम्बुलेन्स मार्फत घाइतेहरूको उद्दार गरिएको थियो । दुर्घटनाको कारण अहिले सम्म नखुलेको एसपी सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्