२३ असार २०८३, मंगलबार

नदीले बगाएर बेपत्ता

बैशाख २१, २०७७
नदीले बगाएर बेपत्ता

तनहुँको देवघाट गाउँपालिका–५ चामेढुङ्गामा त्रिशूली नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही ठाउँ बस्ने ३३ वर्षीय देउबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्रिशूली नदीमा पौडी खेल्ने क्रममा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

बेपत्ता भएकाको प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्