
बजार भाउभन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा धनुषा प्रहरीले एक व्यावसायीलाई पक्राउ गरेको छ।
प्रहरीले जनकपुर उपमहानगरपालिका ११ स्थित आनन्द ईन्टरप्राईजेज हार्डवयरका सञ्चालक रामप्रताप साहलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
बजार भाउभन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न ब्रान्डका ४९ बोरा सिमेन्ट सहित साहलाई पक्राउ गरेको जनाएको छ।