१५ असार २०८३, सोमबार

कोरोनाको त्रासः नेपालमा ६१ हजारमा स्वास्थ्य परीक्षण

बैशाख २१, २०७७
कोरोनाको त्रासः नेपालमा ६१ हजारमा स्वास्थ्य परीक्षण

नेपालमा ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार  पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १ सय २ को स्वास्थ्य परीक्षण गरिएको हो। त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४ सय १४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ४६७ को परीक्षण गरिएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ४ सय ९९, प्रदेश २ मा ५ हजार ७ सय ९, वाग्मती प्रदेशमा ८ हजार ५ सय १५, गण्डकी प्रदेशमा ५ हजार ८ सय ३४, प्रदेश ५ मा ४ हजार ४ सय ९२, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ आरडिटी परीक्षण गरिएको छ।   

salt training

कमेन्ट गर्नुहोस्