११ असार २०८३, बिहीबार

हिजो दिनभर : नेपालमा संक्रमितको संख्या ७५ पुग्यो, राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

बैशाख २२, २०७७
हिजो दिनभर : नेपालमा संक्रमितको संख्या ७५ पुग्यो, राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

थप ६ जनामा कोभिड १९ पुष्टि, यससँगै नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

नेपालमा कोभिड १९ भाइरसको थप ६ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले आइतवार साँझ एक विज्ञप्ति जारी गर्दै संक्रमितको कूल संख्या ७५ पुगेको जानकारी दिएका छन् ।

पोजिटिभ भेटिएका ६ वटै केसहरू नेपालगंजका हुन् । आइतवार भएको पीसीआर परीक्षणमा नेपालगंज -८ निवासी १६, २१ र ६४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षका महिला रहेका छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताएका छन् ।

अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

तारे होटलहरु ६ महिनासम्म बन्द गर्ने निर्णय, कर्मचारीले आधारभूत तलबको १२.५ प्रतिशत रकम मात्र पाउने

नेपालकाे हाेटल व्यवसाय कोरोना भाइरसको विश्वव्यापी महामारी र लकडाउनको चपेटामा परेकाे छ। नेपालमा ११ चैतबाट लकडाउन लागू भएपछि होटल व्यवसाय पूर्णरुपमा ठप्प छ ।

कोरोनाको कहर कहिलेसम्म लम्बिने हो यकिन नभएका बेला होटल संघ नेपालले वैशाख १ गतेदेखि ६ महिनाका लागि तारे होटल बन्दको निर्णय गरेको छ।  

संघले श्रमिकको व्यवस्थापन गर्न सूचना समेत जारी गरेको छ। जस अनुसार वैशाख १ गतेबाट लागू हुने गरी ६ महिनासम्म प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकमका साथै सेवाशुल्क पनि उपलब्ध गराउने उल्लेख छ।

होटलले दिने भनिएको आधारभूत तलबको १२.५ प्रतिशतमा सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्न माग गरिएको छ। 

त्यस्तै, संघले १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन असहमत  भएमा श्रम ऐन २०७४ को दफा १४५ अनुसार कर्मचारी कटौतिका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रुपमा विदा दिने चेतावनी दिएको छ।

संघका अनुसार यो निर्णय  हायात, अन्नपूर्ण, सांग्रिला, होटल एम्बेसडर, सोल्टी, लगायत तारे होटलमा लागू हुनेछ।

राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गतेका लागि संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन् ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिशबमोजिम राष्ट्रपति भण्डारीले वैशाख २६ गते शुक्रवार अपराह्न ४ बजे शुरू हुने गरी बजेट अधिवेशन आह्वान गरेकी हुन् ।

संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले आइतवार विज्ञप्तिमार्फत जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्