११ असार २०८३, बिहीबार

प्रधानमन्त्री भन्छन्-सूचनाको अधिकार कुण्ठित हुँदैन

बैशाख २२, २०७७
प्रधानमन्त्री भन्छन्-सूचनाको अधिकार कुण्ठित हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताएका छन्।

राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारप्रति सरकारको निष्ठापूर्ण प्रतिवद्धता रहेको उल्लेख गर्दै सुशासन, विकास र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि सही सूचना प्रवाह एक महत्वपूर्ण आयाम भएको जनाएका हुन्।

उनको सन्देशमा भनिएको छ, ‘हाम्रो जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव छैन । बरु सूचना प्रवाह र यसका माध्यमको निष्पक्षता, तटस्थता र सन्तुलन रहन सकेन भने नागरिकले सही सूचना प्राप्त गर्न सक्दैनन् । नागरिक सूचनाविहीन हुनु एउटा समस्या हो भने गलत सूचना प्रवाहबाट प्रभावित हुनु त्यो भन्दा ठूलो समस्या हो।’

उहाँले सूचनाको हकसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयनबाट मात्र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको स्पष्ट गर्दै आयोगले हालसम्म खेलेका भूमिकाको प्रशंसा गरे।
 

salt training

कमेन्ट गर्नुहोस्