१० असार २०८३, बुधबार

प्रदेश ५ का कानुनमन्त्रीद्वारा १२ जिल्लाका सीडीओसँग भिडियो संवाद: सीमामा कडाइ गर्न निर्देशन

बैशाख २२, २०७७
प्रदेश ५ का कानुनमन्त्रीद्वारा १२ जिल्लाका सीडीओसँग भिडियो संवाद: सीमामा कडाइ गर्न निर्देशन

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सोमबार १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भिडियो संवाद गरेका छन्। उनले प्रदेशका प्रजिअ (सीडीओ) सँग संवाद गरेर कोरोना भाइरस नियन्त्रण तथा उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका हुन्।

भिडियो संवादमा मन्त्री केसीले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भारतसँग जोडिएको सीमामा कडाईमा विशेष ध्यान दिन निर्देशन दिए। सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएको र प्रहरीलाई समुदायले सहयोग गर्ने गरी सीमामा निगरानी बढाउनुपर्ने उनले बताए।

लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गर्न सक्दा मात्रै कोरोनालाई जित्न सकिने भएकाले लकडाउनको पालना गराउन प्रमुख जिल्ला अधिकारीहरुले विशेष ध्यान दिनुपर्ने उनले बताए। विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा बसे नबसेको निगरानी गर्न शंकास्पद देखिए उपचारको लागि अस्पतालसम्म पु¥याउने व्यवस्थाका लागि पहलकदमी लिन मन्त्री केसीले आग्रह गरे।

मन्त्री केसीले विकास निर्माणका काम सामाजिक दुरी कायम गरी अघि बढाउन र  आवश्यक निर्माणजन्य सामग्रीको ढुवानीको प्रवन्ध गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए। भिडियो संवादमा प्रमुख जिल्ला अधिकारीहरुले कोरोना नियन्त्रणमा जिल्लामा भएका प्रयासका बारेमा जानकारी गराएका थिए। 

प्रमुख जिल्ला अधिकारीहरुले कोरोना नियन्त्रणका लागि सरकारले तत्काल गर्नुपर्ने र पछि गर्नुपर्ने कामबारे मन्त्रीलाई जानकारी गराउका थिए।

salt training

कमेन्ट गर्नुहोस्