×

NMB BANK
NIC ASIA

‘सरकारको आशा गर्न थाल्यो भने त जीवनभर झुप्रोमा वास हुने भयो’

कात्तिक २०, २०७४

NTC
Premier Steels
सिन्धुपाल्चोक, १२ वैशाख — बन्न नसकेका घरहरू टिनकै टहरोमा सीमित छन् । भूकम्प गएको दुई वर्ष पुगिसक्दा पनि आफूले घरहरू ठड्याउन नसकेकोमा सिन्धुपाल्चोक सिम्पानीका गाउँले दुःखी छन् । तर आशा मारिसकेका भने छैनन् ।
घाम लाग्दा टलक्क टल्किने जस्ताको छानो पानी पर्दा जोडतोडले बज्न थाल्छ । त्यही छानो हुरी चल्दा उचालिएर सख्खै अर्को ठाउँमा पुग्छ कि झैं गरेर हल्लिन्छ । घरभित्र भल पस्ने डर हुन्छ ।

सरकारले दिएको राहत पाएर पनि आफूले घर बनाउन सक्ने स्थिति नभएको गाउँलेले बताउँछन् । ‘बरु सरकारले आफ्नो खुसीले घर बनाउनू भनेको भए घर बनाउन सकिन्थ्यो होला । स्थानीयवासी भन्छन्, ‘सरकारले दिएको पन्ध्र हजार त नक्सा पास गर्दा नै जाँदो रहेछ ।’

भूकम्पले एकपटक तर्साइसकेका गाउँलेलाई फेरि भूकम्पको भय छैन । उनीहरुलाई घर कसरी बनाउने भन्ने भयले बेस्सरी सताएको छ ।

आफ्नो आम्दानीको स्रोत नहुँदा पनि गाउँलेलाई भूकम्प प्रतिरोधात्मक घरको आशा मरेको हो । ‘सरकारले घर बनाइदिने आशा त छैन । बरु उल्टो अलमल पारिदिएको छ’ तीन बिसउमेर कटिसकेकी वेदमाया सुवेदी सुनाउँछिन्, ‘हामीलाई बिगारेको त सरकारले नै हो । आफ्नो सुरमा घर बनाउन पाएको भए हामीले घर बनाइसक्थ्यौं होला । सरकारले फगत आशा मात्र देखायो ।’

त्यसो त कतिपयले पहिलो चरणको १५ हजार पाएपनि दोस्रो चरणको रकम पाएका छैनन् । आफ्नो छोराहरुसँग ०५२ सालमै छुट्टिएर एक्लै बस्दै आएकी हिमादेवी सुवेदीले राहत रकम नै पाएकी छैनन् । ‘झन् मेरो त नाम नै छैन । राहत पनि पाइन । हेर्न आएकाहरुले पनि छोराहरुसँग बस्ने गरेको भने तर म एक्लै बस्न थालेको धेरै भयो ।’ हिमादेवीले गुनासो पोख्छिन्, ‘खै ! हाम्रो नाम पनि लान त लगेका छन्, राहत दिने हुन् कि हैनन् थाहा छैन ।’
उनी लगायत गाउँका प्रायले राहत पाएका छैनन् । त्यसैले ‘गुनासो’ दर्ता गराएका छन् । ती गुनासोले राहत उपलब्ध गराउने आशा पनि गाउँलेमा छ । घर बनाउने आशा पनि अझै मरेको छैन ।

भूकम्पले गाउँका पूरै घर ढलाएपनि कतिपयलाई भने सरकारको सहयोगले केही हुनेवाला छ भन्ने आशा छैन । ‘यो सरकारको आशा गर्न थाल्यो भने हामी सधै यही झुप्रोमा बस्नुपर्ने अवस्था आउँछ’ गाउँका स्थानीय सम्भु सुवेदी आफूले बनाउँदै गरेको एक तले पक्की घर देखाउँदै लोकान्तरसँग भने्, ‘मैले त ऋण खोजेर भएपनि गाउँमा घर बनाउन थालें । मेरो पनि परिश्रम जोड्ने हो भने १५ लाख लागिसक्यो । सरकारले दिने भनेको ३ लाख त चटनीजस्तै हो ।’

ऋण खोजेरै घर ठड्याउन लागिपरेका सम्भु छोराछोरीले कमाएर तिर्लान् नि भन्ने आशा व्यक्त गर्छन् । ‘ऋण त लाग्दै गर्ला । बस्ने ठाउँ त चाहियो नि ।’, उनी थप्छन् ।

सिम्पानीमा घर बनाउन पनि उस्तै गाह्रो छ । मान्छे पाइँदैनन् । ढुवानीले पनि धेरै खर्च खाइदिन्छ । स्थानीय सुनाउँछन्, ‘धन्न मोटरबाटो छ र अलि सजिलो भएको छ । राहत पाए त अर्म पर्म गरेर भए पनि घर बनाउन हुन्थ्यो ।’ श्रीमानको नाममा समेत राहत नआएको बताउँदै स्थानीय मैयाँ सुवेदी भन्छिन्, ‘हामीले त पाउने राहत पनि पाएका छैनौं । सरकारी मान्छे आएर हेरेका त हुन् तर नाम मिलेन भन्दै राहत दिएनन् ।’

राहत नपाए पनि बीस हजार खर्च गरेर आफूले पानी पर्दा भित्र पानी नछिर्ने झुपडी नपुगेको मैयाँ बताउँछिन् ।
गुनासो दर्ता गरिएका भूकम्पपीडितले कहिले राहत पाउँछन् भन्नेमा गाउँले अन्यौल छन् ।

तर, काठका मुढाले च्यापेर बनाएका स–साना घरमा भने पानी पर्दा भल पस्छ । टिन थर्किएर कान थुनेर सुत्नुपर्छ । गाउँले भन्छन्, ‘डर लाग्छ नि । बिहान उठ्दा कोही म¥यो कि भन्ने डर हुन्छ ।’

भूकम्पले भित्र्याएका समस्या जस्ताको तस्तै छन् । नेताले भने ‘खेतमा बाटो पु-याइदिने’ सपना बाँड्न थालेका छन् । गाउँलेले भने कमसेकम आफ्नो घर बनाउन पाए हुन्थ्यो भन्ने सपना बारम्बार देख्ने गर्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x