०७ असार २०८३, आइतबार

७ विद्यार्थी सङ्गठनहरुद्वारा परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

बैशाख २८, २०७७
७ विद्यार्थी सङ्गठनहरुद्वारा परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
फाइल फोटो।

नेपाल विद्यार्थी सङ्घसहित सात विद्यार्थी सङ्गठनले नेपालको भूभाग मिचेर भारतले सडक निर्माण गरेको सम्बन्धमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन्। 

नेविसङ्घको नेतृत्वमा प्रतिपक्षी दलहरु निकटका सात विद्यार्थी सङ्गठनका पदाधिकारीले आज संयुक्त रुपमा सो ज्ञापन पत्र बुझाउँदै मिचिएको नेपाली भूमि फिर्ता गर्न र नेपालको सार्वभौमसत्तालाई सम्मानका लागि गम्भीर भई तदारुकता देखाउन सरकारसँग माग गरेका छन्।

विद्यार्थी सङ्गठनका पदाधिकारीहरुले सो प्रकरणकाविरुद्ध सम्पूर्ण जनतालाई एकजुट बनाई अघि बढ्न तत्काल सर्वदलीय, सर्वपक्षीय बैठक राखी भारतसँग उच्च कूटनीतिक पहल गरी नेपाली भूमि फिर्ता गर्न माग गरेको नेविसङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए।
भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको घट्नाले स्तब्ध भएको नेविसङ्घ, अखिल (क्रन्तिकारी), अखिल (पाँचौँ), अखिल (क्रान्तिकारी), राप्रविसं, अखिल नेपाल विद्यार्थी युनियन र राप्रविसङ्घ (संयुक्त) द्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ ।  भारतले छ महिनापहिले उक्त नेपाली भूभाग आफ्नो नक्सामा राखी प्रकाशित गर्नु र अहिले पुनः उक्त नेपाली भूभागमै भारतीय राजमार्ग निर्माण गर्नु अत्यन्तै खेदजनक भएको विद्यार्थी सङ्गठनहरुले उल्लेख गरेका छन्।  

कमेन्ट गर्नुहोस्