०७ असार २०८३, आइतबार

अमेरिकाले चीनसँग सम्बन्ध विच्छेद गरे पनि चीनलाई फरक परेन, एसियाका अन्य मुलुकसँग व्यापार जारी

बैशाख २९, २०७७
अमेरिकाले चीनसँग सम्बन्ध विच्छेद गरे पनि चीनलाई फरक परेन, एसियाका अन्य मुलुकसँग व्यापार जारी

चीनले गत मार्च महिनामा गरेको निर्यातको मूल्य पोहोर सालको तुलनामा ८.५ प्रतिशतले बढेको देखिएको छ । विश्लेषकहरूले १२ प्रतिशत गिरावट आउने भनी अनुमान गरेको भए पनि त्यसो नभई वृद्धि नै भएको देखिन्छ । 

एसिया अझ विशेषगरी दक्षिणपूर्वी एसियामा निर्यात बलियो बनेपछि यो अनपेक्षित मजबूती देखिएको हो । 

मार्च महिनाको यो आँकडाले एसियाको आर्थिक एकीकरणमा क्रमिक वृद्धि भइरहेको देखाएको छ । अहिले एसियाली व्यापारको अधिकांश भाग एसियामै केन्द्रित देखिन्छ । 

अमेरिकाले चीनसँग सम्बन्ध विच्छेद गर्ने सोच बनाइरहेको बेलामा एसिया चाहिँ अमेरिकाबाट छुट्टिँदै गएको देखिन्छ । 

सन् २०१८ को अप्रिल महिनामा अमेरिका र चीनबीच प्रविधियुद्ध शुरू भएदेखि वाशिङटनले चीनको जेडटीई कर्पोरेसनलाई चिप निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर त्यसयता आपूर्ति शृंखलामा अमेरिकाबाट मुक्ति नै सेमीकन्डक्टर उद्योगको मूल मन्त्र बन्न थालेको छ । 

ताइवान, भियतनाम, थाइल्यान्ड र इन्डोनेसियाले गत अप्रिल महिनामा पोहोरको अप्रिलभन्दा ५० प्रतिशत बढी चिनियाँ सामान खरिद गरे । जापान र कोरियाले २० प्रतिशत बढी कारोबार चीनसँग गरे । अनि अमेरिकामा गरिने निर्यात पनि बर्सेनि बढ्दो छ । 

एसियाका अन्य मुलुकबाट चीनमा हुने आयात पनि बढेको छ । 

एसियाली मुलुकहरूबीच व्यापारमा तीव्र वृद्धिले एसियाली अर्थतन्त्र पुनरुत्थान भएको देखाउँछ । अधिकांश एसियाली मुलुकहरूमा व्यापक परीक्षण, विद्युतीय निगरानी तथा सामाजिक एक्यबद्धताका कारण कोभिड–१९ को मृत्युदर १० लाख मानिसमा १० जनाको अनुपातमा मात्र रहेको छ । उता अमेरिका अनि युरोपका अधिकांश मुलुकमा त्यो अनुपात निकै माथि छ । 

चीनको उत्पादन अर्थतन्त्रको क्षमता अहिले ९० प्रतिशतभन्दा बढी छ । आपूर्ति शृंखला पुनः सुचारु हुँदा आयात र निर्यात दुवैमा वृद्धि भएमो हो । 

अमेरिकाबाट बाहिरको आपूर्ति शृंखलाले एसियाली व्यापारको वृद्धि भएको हुन सक्छ । जापानले अमेरिकालाई भन्दा चीनलाई बढी सेमीकन्डक्टर पठाउने गरेको छ । 

अमेरिकाले चीनको विशाल दूरसञ्चार संस्था हुआवेविरुद्ध पूर्ण प्रतिबन्ध लगाउन सक्ने सम्भावनालाई विचार गर्दै चीनले सेमीकन्डक्टर जम्मा पार्न थालेकोले पनि आयात बढेको हुन सक्छ । 

अमेरिकाले अप्ठ्यारो पार्न सक्ने भएकाले चीनका प्रविधि कम्पनीहरूले अमेरिकाको प्रभाव रहेको आपूर्ति शृंखलासँग पूर्णतया सम्बन्ध विच्छेद गर्ने सोच बनाएका छन् । त्यसका लागि चिनियाँ कम्पनीहरूले गैरअमेरिकी प्रविधि कम्पनीहरूसँग साझेदारी बनाउनुपर्ने हिनरिच फाउन्डेसनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एसिया टाइम्सबाट

कमेन्ट गर्नुहोस्