नेप्लाई प्लाइउड उत्पादक कम्पनी भगवती लेमिनेट्सले कोेरोना भाइरसका कारण भएको लकडाउनले प्रभावित कारपेन्टर मजदुरहरुलाई विभिन्न स्थानमा राहात वितरण गर्दै आएको छ ।
नेप्लाईले विराटनगर, जनकपुर, चितवन र बुटवलका साथै काठमाडौँका विभिन्न स्थानमा राहत वितरण गरेको छ ।
नेप्लाईले वडा कार्यालय र प्रहरीको सहकार्यमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिँदै काठमाडौँको बसुन्धारामा राहत वितरण गरेको छ ।
भगवती लेमिनेट्सका कन्ट्री हेड विकास सिँहले राहत सामाग्री वितरण गरेका हुन् ।
नेप्लाईको 'साझेदारी समृद्घि २०२० को ’ अन्तर्गत सामाजिक तथा राष्ट्रप्रतिको उत्तरदायित्व स्वरुप राहत वितरण कार्यक्रमलाई नेपालका विभिन्न स्थानमा निरन्तरता दिनेछौँ,' सिँहले भने।