१० असार २०८३, बुधबार

बाहिरबाट मानिस आएमा वा डेरावालहरू आवतजावत गरेमा खबर गर्न घरबेटीलाई अपिल

बैशाख ३१, २०७७
बाहिरबाट मानिस आएमा वा डेरावालहरू आवतजावत गरेमा खबर गर्न घरबेटीलाई अपिल
प्रतिकात्मक तस्वीर

बूढानीलकण्ठ नगरपालिका –१०, कपन नीलोपुलस्थित प्रगतिनगर टोल सुधार समितिले आफ्ना घरमा बाहिरबाट कोही आएमा तथा भाडामा बस्नेहरू आउजाऊ गरेमा खबर गर्न घरधनीहरूलाई आग्रह गरेको छ । 

समितिका अध्यक्ष रामजी खड्काको अध्यक्षतामा आज बिहान आयोजित स्थानीय बासिन्दाको भेलाको सुझावअनुसार घरबाहिर रहेकाहरूलाई बाहिर नै बस्न आग्रह गर्ने निर्णय पनि गरिएको छ ।

यदि बाहिरबाट आई लुकिछिपी बसेमा घरधनी र भाडावाललाई  २१ दिन क्वारेन्टाइनमा राख्ने निर्णय  समितिले गरेको छ ।  

टोलमा नयाँ व्यक्ति वा भाडामा बस्ने व्यक्ति कसैका घरमा बस्न आएमा सोबारे समितिका अध्यक्ष खड्का, सञ्जीव लामा, दीपक खड्का, हिमाल गुरुङ र विद्यादेवी सुवेदीलाई जानकारी दिन स्थानीयवासीलाई आग्रह गरिएको छ ।

त्यस्तै नीलोपुलस्थित खाली चौरमा खेलकूद गतिविधि नगर्ने तथा साइकल, मोटरसाइकल सिक्ने सिकाउने काम स्थगन गर्ने निर्णय पनि गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्