०१ असार २०८३, सोमबार

अफगानिस्तान आक्रमणमा मृत तथा घाइते शिशुको तस्वीर देखेर रोए मानिस

बैशाख ३१, २०७७
अफगानिस्तान आक्रमणमा मृत तथा घाइते शिशुको तस्वीर देखेर रोए मानिस

अफगानिस्तानको राजधानी काबुलको पश्चिमी इलाकामा आतंकवादीहरूले मंगलवार एक प्रसूति अस्पतालमा आक्रमण गर्दा दुई नवजात शिशुसहित १४ जनाको मृत्यु भएको छ । 

त्यहाँको गृह मन्त्रालयले जारी गरेको तस्वीरमा अस्पतालबाट अनेकौं शिशु र आमाहरूलाई सुरक्षित निकालिएको देखिन्छ । सामाजिक सञ्जालमा दुई मृतक नवजात शिशुहरूको तस्वीर भाइरल बनिरहेको छ । 

आतंकको भयानक अनुहार देखेर मानिसहरू भावुक भए । यी शिशुहरूको के दोष थियो र भनी उनीहरू प्रश्न गरिरहेका छन् । 

गृह मन्त्रालयका प्रवक्ता तारिक एरीनले अस्पताल भवनबाट १०० जना आमा र शिशुलाई निकालिएको जानकारी दिए । महिला, पुरुष र शिशु सहित १५ जना घाइते भएका छन् । तीन विदेशी नागरिकलाई सुरक्षित निकालिएको छ । 

कम्तीमा तीनजना आक्रमणकारीले प्रहरीको बर्दी लगाएर अस्पताल प्रवेश गरेको अनि ग्रिनेड तथा गोली प्रहार गरेको अधिकारीहरूले बताए । 

अस्पतालबाट भागेका एक बालरोग विशेषज्ञले दश्ती बार्चीस्थित अस्पताल भवनको प्रवेशद्वारमा विस्फोटको ठूलो आवाज सुनेको बताए । दश्ती बार्ची शियाबहुल क्षेत्र हो र त्यसलाई आईएसका सशस्त्र समूहहरूले तारो बनाउने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्