
नेपालमा बुधबार साँझ थप २४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ गरी २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। उनीहरुकाे स्वाबकाे परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला रुपन्देहीमा भएकाे थियाे।
बुधबार नै यसअघि २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे। नेपालमा सबैभन्दा बढी संक्रमित मंगलबार भेटिएका थिए। मंगलबार ८३ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे थियाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याेसँगै संक्रमितकाे संख्या २ सय ४३ पुगेकाे छ।
