०४ साउन २०८३, सोमबार

काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण, कपिलवस्तुमा ६ वर्षीया बालिका पनि संक्रमित

काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण, कपिलवस्तुमा ६ वर्षीया बालिका पनि संक्रमित

काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार काठमाडौंको चन्दागिरीका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कपिलवस्तुकी ६ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

उनीहरू दुवै जनाको स्वाव काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो । 

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्