०२ साउन २०८३, शनिबार

भनेको नमान्ने पतिलाई पत्नीले खन्याइन् उम्लेको पानी

जेठ १, २०७७
भनेको नमान्ने पतिलाई पत्नीले खन्याइन् उम्लेको पानी

भारतको मुम्बईमा पतिपत्नीबीच सानो कुरामा विवाद हुँदा पत्नीले पतिमाथि उम्लेको पानी खन्याएकी छन् । 

पति लिभिङ रूममै सुतेका थिए भने पत्नीले उनलाई बेडरूममा आएर सुत्न भनेकी थिइन् । दुवैजनाले यस विषयमा झगडा गरेपछि रिसको सुरमा पत्नीले पतिमाथि तातोपानी खन्याइन् । 

पतिको छाला खुइलिएपछि अस्पताल भर्ना गर्नुपरेको थियो । अस्पतालबाट निस्केपछि उनले पत्नीविरुद्ध उजुरी दर्ता गरे । 

एए दलवी र उनकी पत्नी शाइनाजबीच ससाना कुरामा झगडा हुने गरेको थियो । शाइनाजले नै झगडा आरम्भ गर्ने गरेको दलवीको गुनासो छ । उनको व्यवहारका कारण छोरोले केही दिनअघि घर छोडेर गएको पनि दलवीले प्रहरीलाई बताए । 

अघिल्लो बिहीवार आफ्नो फ्ल्याटको लिभिङ रूममा सुत्दा पत्नीले चिच्याएर बेडरूममा सुत्न भनेको तर आफूले अटेरी गरेको दलवीले बताए । 

‘धेरै नचिच्याऊ, म सुत्छु’ भनी दलवी सुते अनि त्यो सुनेर क्रोधित भएकी शाइनाजले भान्साबाट तातोपानी ल्याएर पतिमाथि खन्याइन् । 

दलवीको छाती, गला र हात डढेको छ । उनलाई डा बाबासाहेब अम्बेडकर अस्पताल लगिएको र प्राथमिक उपचारपछि कूपर अस्पताल पठाइएको थियो । त्यहाँ तीन दिनसम्म उपचार गराएर निस्केपछि उनले पत्नीविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । 

प्रहरीले शाइनाजविरुद्ध उजुरी दर्ता गरेको छ तर पक्राउ गरिसकेको छैन । सोधपुछ चलिरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्