०२ साउन २०८३, शनिबार

फेसबूक संस्थापक मार्क जुकरबर्गले पाए हिन्दू आश्रममा शान्ति

जेठ १, २०७७
फेसबूक संस्थापक मार्क जुकरबर्गले पाए हिन्दू आश्रममा शान्ति

लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म फेसबूकका संस्थापनक मार्क जुकरबर्गको बिहीवार जन्मदिन परेको छ । 

सन् १९८४ को मे १४ मा जन्मिएका मार्क अहिले एक सफल उद्यमी तथा अर्बपति हुन् । 

उनलाई सफल बनाउन अन्य कुराको अतिरिक्त दुईवटा घटनाको ठूलो योगदान छ । पहिलो भनेको उनका पिताले दिएको पुस्तक हो भने दोस्रो चाहिँ हिन्दू आश्रममा गरेको सत्संग हो । 

मार्कलाई सानैदेखि कम्प्युटरप्रति लगाव थियो । त्यही लगावका कारण उनी सूचना प्रविधिको क्षेत्रमा अघि बढ्दै गएका हुन् । 

उनी बाल्यकालमै आफ्नो अधिकांश समय कम्प्युटर प्रोग्रामिङ गरेर बस्थे । त्यसै क्रममा उनका पिताले उनलाई सीप्लसप्लसप्लसको किताब दिए । त्यसले उनलाई कम्प्युटर प्रोग्रामिङमा झनै डुब्न प्रेरित गर्‍यो । अनि उनको प्रगतिको बाटो पनि त्यसैले खोल्यो । 

मार्कले फेसबूक बनाउनुअघि कलेज पढ्दाताक फेसमास नामक वेबसाइट शुरू गरेका थिए । त्यसमार्फत उनले को बढी आकर्षक छ भनी देखाउन खोजेका थिए । शुरूमा उनले केही युवक र युवतीको तस्वीर राखे । तर आफ्नो तस्वीर अनुमतिविना नै राखेको भन्दै केहीले आपत्ति जनाएपछि विवाद पनि भयो । 

तर फेसमासले नै मार्कलाई फेसबूक बनाउने प्रेरणा दियो । 

सन् २००४ मा हार्वर्ड विश्वविद्यालयमा पढ्दै गर्दा मार्कले साथीहरूसँग मिलेर द फेसबूक बनाए । पछि द हटाएर फेसबूक मात्र नाम राखियो । 

कार्कले सामाजिक सञ्जाल नेटवर्क अर्काको आइडिया चोरेर बनाएको आरोप पनि लाग्यो । पछि ठूलो रकम दिएर यस विषयलाई सामसुम पारिएको थियो । 

फेसबूकलाई सन् २००८ को आर्थिक मन्दीले निकै अप्ठ्यारो पारेको थियो र कम्पनी बिक्ने स्थितिमा पुग्न लागेको थियो । तनावमा परेका मार्कलाई एप्पलका सीईओ स्टिभ जब्सले भारत गएर केही समय बिताउन सल्लाह दिए । 

त्यसपछि मार्क सन् २००८ मा उत्तराखण्डमा रहेको नीम करौली बाबाको आश्रम पुगे । त्यहाँ एक महिना आध्यात्मिक सत्संग गरेर बस्दा उनले मानिसहरूलाई एकअर्कासँग जोड्नु नै सबभन्दा सुखद काम हो भन्ने कुरामा दृढ बने । 

नैनीतालबाट ३८ किलोमिटर पर रहेको काञ्ची आश्रममा मार्क बसेका थिए । बाबा नीम करोलीलाई हनुमानजीको अवतार मानिन्छ र आश्रमको प्रमुख मन्दिर पनि हनुमानजीकै हो । 

salt training

कमेन्ट गर्नुहोस्