०६ असार २०८३, शनिबार

५१ कराेडकाे ‘कोभिड विशेष कृषि कार्यक्रम’ सञ्चालन गर्ने प्रदेश ५ सरकारकाे निर्णय

विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहनका लागि पनि बजेट
५१ कराेडकाे  ‘कोभिड विशेष कृषि कार्यक्रम’ सञ्चालन गर्ने प्रदेश ५ सरकारकाे निर्णय

प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित किसानलाई राहत प्रदान गर्न ‘कोभिड विशेष कृषि कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।

सो कार्यक्रमका लागि प्रदेश सरकारले ५१ करोड १४ लाख रुपैँया छुट्याएको छ। प्रदेश मन्त्रिपरिषदको बिहीबारको बैठकले कोभिड विशेष कृषि कार्यक्रम सञ्चाल गर्ने निर्णय गरेको हो।

बैठकले कोभिड-१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न २१ करोड ८० लाख रकम छुट्याएको छ। भने प्रदेश स्वास्थ्य नीति—२०७७ र स्वास्थ्य नियमावली स्विकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

त्यसैगरी, बैठकले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै जेठ ९ गते प्रदेश सभा आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ

salt training

कमेन्ट गर्नुहोस्