
सुर्खेतमा प्रहरी जवान नरेन्द्र खड्काको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ।
मृतकका आफन्तले घटना ‘शंकास्पद’ भन्दै छानबिनको माग गरेपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेश बाँस्तोलाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले समितिले शुक्रबारसम्म शव परीक्षण रिर्पोट आइपुग्ने र त्यसपछि समितिले छानबिन शुरु गर्ने बताए।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत खड्का सोमबार सम्पर्कविहीन भएका थिए। तर मंगलबार बिहान चौकीदेखि अन्दाजी १५०० मिटर टाढा पेस्तोलसहित उहाँ मृत अवस्थामा भेटिएका थिए।