२४ जेठ २०८३, आइतबार

रामायण धारावाहिकमा युद्धको दृश्यमा सैनिकले लडेको कि नाचेको ? (भिडियो)

जेठ २, २०७७
रामायण धारावाहिकमा युद्धको दृश्यमा सैनिकले लडेको कि नाचेको ? (भिडियो)

रामानन्द सागरले बनाएको रामायण धारावाहिक अहिले भारतको सरकारी टेलिभिजन दूरदर्शनमा पुनः प्रसारण गरिँदैछ । 

वर्षौंअघि बनेको धारावाहिकका केही रमाइला दृश्य मानिसहरूले याद गरेर तिनको मिम बनाइरहेका छन् । 

लंकामा भएको युद्धमा लक्ष्मणको पृष्ठभूमिमा एक सैनिकले युद्ध गर्नुको साटो नाचेको दृश्य अहिले सामाजिक सञ्जालमा खुबै चर्चित भइरहेको छ । तरवार लिएर शत्रुसँग लडिरहेको सैनिक खासमा गरबा नाच गरेको जस्तो देखिन्छ ।

शत्रुलाई आक्रमण नगरेर उक्त सैनिक निष्फिक्री नाचिरहेको जस्तो देखिन्छ । 

यो दृश्य देखेर मानिसहरू हाँसिरहेका छन् र रमाइला प्रतिक्रिया दिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्