१० असार २०८३, बुधबार

सूर्यको सतहमा गतिविधि कम भएको वैज्ञानिकहरूको भनाइ, बेस्सरी चट्याङ पर्ने आकलन

जेठ २, २०७७
सूर्यको सतहमा गतिविधि कम भएको वैज्ञानिकहरूको भनाइ, बेस्सरी चट्याङ पर्ने आकलन

वैज्ञानिकहरूले सूर्य पनि लकडाउनमा गएको र अहिले सोलर मिनिममको अवधि चलिरहेको बताएका छन् । 

यसको अर्थ हुन्छ, सूर्यको सतहमा गतिविधि नाटकीय रूपमा घटेको छ र यसको चुम्बकीय क्षेत्र कमजोर बनेको छ । त्यसले गर्दा सूर्यले चट्याङ पार्ने कस्मिक रेहरू पठाइरहेको छ । 

यस्तो स्थिति रहिरहेमा पृथ्वीको तापक्रम निकै घट्ने सम्भावना रहन्छ । 

बेलायतको मौसम विभाग र रोयल एस्ट्रोनोमिकल सोसायटीले मानिसहरूलाई यो सामान्य प्राकृतिक घटना भएको र तर्सिनुनपर्ने भनिरहेका छन् । सूर्यको गतिविधि चक्रमा प्रत्येक ११ वर्षमा यस्तो घटना हुने गरेको छ । 

तर १७औं र १८औं शताब्दीमा सोलर मिनिमम आउँदा युरोपमा तापक्रम अत्यन्तै घटेर बेलायतको टेम्स नदी जमेको थियो, अन्नबाली मरेका थिए र आकाशमा चट्याङहरू परिरहन्थे । सन् १८१६ मा त जुलाई महिनामा समेत हिउँ परेको थियो । 

सूर्य चार अर्ब ५० करोड वर्ष पुरानो हो र पृथ्वीभन्दा १० लाख गुणा ठूलो छ । सम्पूर्ण प्राणीलाई बाँच्नका लागि सूर्य आवश्यक हुन्छ । 

यसको गतिविधिमा अलिकति मात्र पनि परिवर्तन हुँदा असाधारण परिवर्तनहरू देखिन थाल्छन् । 

सोलर मिनिमम हुँदा चट्याङ पर्ने, रंगीन झिल्का देखिने र पृथ्वीमा बाधाअवरोध आउने हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्