
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको धर्ती, प्रकृति र संस्कृतिभन्दा ठूलो केही नभएको बताएकी छन् ।
संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले दुई वर्षमा उत्साहप्रद सफलता हासिल गरेको दाबी गरिन् ।
‘नेपालको धर्ती, प्रकृति र संस्कृति तथा नेपालको समृद्धिभन्दा ठूलो केही छैन,’ उनले भनिन् ।