
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।
राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संसद भवनमा सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएका हुन् ।
'कोरोना भाइरसले सिर्जना गरेको जटिलताबीच आएको नीति तथा कार्यक्रम कार्यान्वयन एकदम जटिल रहेको मैले देखेको छु,' उनले भने, 'यसको कार्यान्वयन गर्न सकियो भने देशले गति लिन्छ ।'
सत्तारूढ नेताहरूले नीति तथा कार्यक्रमलाई उत्कृष्ट बताइरहेका बेला प्रचण्डले भने कार्यान्वयनमा चुनौती देखेको बताएका हुन् ।