१२ असार २०८३, शुक्रबार

काठमाडौँ महानगरका ९ सय ३४ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ महानगरका ९ सय ३४ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ
प्रतिकार्यात्मक तस्वीर।

काठमाडाैँ महानगरपालिकाका ९ सय ३२ कर्मचारीकाे रिपाेर्ट काेराेना नेगेटिभ आएकाे छ।

महानगरकाे वातावरण व्यवस्थापन विभाग तहतमा रहेका तीमध्ये ६ सय ६४ जनाको आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २ सय ६८ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो।

तर, र्‍यापिड टेस्टगरिएकामध्ये ३ महिला स्वास्थ्य स्वयम्सेविकासहित १६ पुरुष र १५ महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएपछि उनीहरुकाे पनि पीसीआर परीक्षण गरिएकाे थियाे। ती बाहेक २ सय ६८ जनाको पनि पीसीआर परीक्षण गरिएको थियाे। तर पीसीआर गरिएका सबैको नजिता नेगेटिभ आएको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरि श्रेष्ठले जानकारी दिए। 

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले उनीहरुकाे पीसीआर परीक्षण गरिएकाे थियाे।

परीक्षणमा पोजेटिभ नतिजा आएका सबैलाई टेकुस्थित वातावरण व्यवस्थापन विभागको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्