
धनुषाका संक्रमित दुई जना ब्यक्ति चितवनबाट नआएर भारतको मुम्बईबाट आएको खुलेको छ ।
धनुषाको नगराइन नगरपालिकाको क्वारेनटाइनमा रहेका ती दुबै जना संक्रमितले स्वास्थ्यकर्मी देखि सुरक्षाकर्मी समेतलाई झूठो विवरण दिएका थिए । यसअघि आफूहरू चितवनबाट आएको बताएका थिए । संक्रमित दुबै जना धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास गाउँका हुन् ।
क्वारेनटाईनका संयोजक संतोष ठाकुरका अनुसार उनीहरूलाई पटक पटक सोध पूछ गर्दा झूठो विवरण दिएका थिए । तर, उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमा बाट क्वारेनटाईन सम्म ल्याएको कुरा मोटरसाइकल चालकले नै बताए पछि उनीहरू चितवनबाट नआएर भारतको मुम्बई बाट आएको कुरा खुलेको हो ।
मुम्बईमा उनीहरू मजदूरी गर्ने गरेका थिए । बेला भन्ने गाउँ मा खाना समेत खाएको कुरा खुलेको ठाकुरले बताए । संक्रमितहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोविड अस्पतालमा पठाई सकिएको छ ।