१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिने, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिने, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

सरकारका नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि मंगलवार सरकारका नीति तथा कार्यक्रम पारित गर्ने तयारी थालिएको छ ।

मध्याह्न १२ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सांसद्ले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

प्रधानमन्त्रीले जवाफ दिएपछि सभामुख अग्नि सापकोटाले नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्ने कार्यसूची छ । राष्ट्रिय सभाबाट पनि मंगलवार नै सरकारका नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

यसअघि शुक्रवार संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्टिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

सरकारका नीति तथा कार्यक्रम पारित भएपछि सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७७/०७८ को लागि संसद्मा बजेट ल्याउने छ ।

salt training

कमेन्ट गर्नुहोस्