०५ असार २०८३, शुक्रबार

खत्याड गाउँपालिका राहत बाँड्दै, काठमाडौंमा युवा नेता दिपक बानियाँ सक्रिय

खत्याड गाउँपालिका राहत बाँड्दै, काठमाडौंमा युवा नेता दिपक बानियाँ सक्रिय

मुगु जिल्लाको खत्याड गाउँपालिकाले लकडाउनमा परेका आफ्ना ७०० नागरिकलाई राहत वितरण गरेका छन् ।

गत चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण राजधानीमा अलपत्र परेका नागरिकलाई गाउँपालिकाले राहत वितरण गरेको छ ।

गाउँपालिकाले राजधानीका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थी तथा दैनिक ज्यालादारीमा संलग्न मजदुरलाई राहत वितरण गरेको हो । वैशाख १७ गतेदेखि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बसोबास गरिरहेका व्यक्तिको डेरामै पुगेर राहत वितरण गरिएको नेकपा मुगुका युवा नेता तथा व्यवस्थापकीय परिचालन टीमका सदस्य दिपक बानियाँले बताए ।

‘हालसम्म ७०० जनालाई सामाजिक दूरी कायम गर्दै सरकारले जारी राखेको लकडाउन सम्बन्धी नियमको पालना गरेर राहत वितरण जारी राखिएको छ,’ उनले भने, ‘गाउँपालिकामा स्थायी घर भएका व्यक्तिहरू बसोबास गर्ने डेरामै पुगेर राहत बाँडिरहेका छौं ।’

गाउँपालिकाले राजधानीमा रहेका नागरिकलाई वितरण गरिरहेको राहत अझै ५० जनाभन्दा बढीलाई हस्तान्तरण गर्न बाँकी रहेको जनाएको छ । गाउँपालिकाले १ जनालाई २ हजार ५०० रुपैयाँ बराबरको राहत वितरण गरेको छ । ३० किलोग्राम चामलसहित दाल, चिनी, नून, तेल, च्यूरा तथा साबुनसहित वितरित राहत प्याकेज अन्तर्गत २ जना रहेको परिवारका लागि ३ हजार ८००, ३ जनाको परिवारलाई ४ हजार ७००, ४ जना संख्या रहेको परिवारलाई  ५ हजार ८००, ५ जनाको परिवार भएकालाई ७ हजार र ६ जना परिवारलाई ८ हजार ४०० रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको युवा नेता बानियाँले बताए ।

राहत वितरण कार्यक्रमबाट विद्यार्थी तथा मजदुर खुशी भएका छन् । राहत वितरण कार्यमा भक्त रावत मनोजकुमार शाही, मदन बाँनियाँ, दलबहादुर विक, शेरबहादुर कार्की, नमराज कार्की, मणिचन्द्र सार्की, राजनसिंह ठकुरी र नरेन्द्र गिरी लगायतको सहभागिता रहेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्