
अब पैसा तिरेर पनि पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न सकिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार लक्षण नदेखिएका स्वदेशी तथा विदेशी नागरिकले तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा गई स्वेच्छाले शुल्क तिरेर आरडीटी र पीसीआर परीक्षण गर्न सक्ने छन्।
यद्यपि, ती स्वास्थ्य संस्थाले मापदण्ड अनुसार शुल्क निर्धारण गर्न पाउने छन्।