
नेपाली सेनाले चीनबाट खरिद गरेको कोभिड(१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री काठमाडौँ आइपुगेको छ।
नेपाल वायु सेवा निगमको जहाजबाट १८.७ टन स्वास्थ्य सामग्री मंलगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको छ।
त्यस्तै, जेठ ३ गते १० वटा कन्टेनरबाट २६५ क्युविक मिटर र मंगलबार ५ वटा कन्टेनरबाट १७६ क्युविक मिटर स्वास्थ्य सामग्री स्थलमार्ग हुँदै नेपाल ल्याइएको छ।
मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार सरकार प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेको थियो।
स्थलमार्गबाट ल्याइएका स्वास्थ्य सामग्री गौचर व्यारेकस्थित नेपाली सेनाको स्टोरमा राखिएको छ। हवाई मार्गबाट ल्याइएको सस्थ्य सामग्री भोलि स्टोर गरिनेछ।
चीनको सरकारी स्वामित्वमा रहेको को चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग एक करोड ८४ लाख रुपैयाँको औषधीजन्य सामग्री खरिद गर्ने सम्झौता भए बमोजिम उक्त स्वास्थ्य सामग्रीहरु प्राप्त भएको सेनाले जनाएकाे छ।
