२३ जेठ २०८३, शनिबार

लकडाउनको समयमा 'प्रेस कार्ड' बोकेर चोरी !

लकडाउनको समयमा 'प्रेस कार्ड' बोकेर चोरी !

प्रेस कार्डको सहायताले लकडाउनको समयमा निर्वाध हिँडडुल र चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इटहरी– १४ घर भई काठमाडौंको धुम्बाराही बस्ने आश्रय रिजाल हिमाल, हम्मे भनिने हिमाल रसाइली र बाराको फूलबारी –३ घर भई काठमाडौंको ओमबहाल बस्ने अलि आलम मियालाई चाबहिल भत्केको पुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

उनीहरूको साथबाट ल्यापटप, आइप्याड, मोबाइल लगायत सामग्री पनि बरामद भएको प्रहरीले  जनाएको छ ।

उनीहरूको साथबाट नेपाली रूपैयाँ ५३ हजार, ३०० अमेरिकी डलर र २०० चाइनिज युआन समेत बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्