२३ असार २०८३, मंगलबार

गोदावरीमा कालीमाटी, बल्खु र बानेश्वर क्षेत्रको तरकारी प्रतिबन्ध

गोदावरीमा कालीमाटी, बल्खु र बानेश्वर क्षेत्रको तरकारी प्रतिबन्ध

ललितपुरको गोदावरी नगरपालिकाले काठमाडौँका तीन क्षेत्रबाट विक्री हुने तरकारी नल्याउन निर्देशन दिएको छ। 

कोरोनाको संक्रमणको जोखिम भन्दै नगरपालिकाले कालीमाटी, बल्खु रबानेश्वरको तरकारी र फलफूल आफ्नो नगरमा  प्रतिबन्ध लगाएको घोषणा गरेको हो।

मेयर गजेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा ती क्षेत्र (कालीमाटी, बल्खु र बानेश्वर) बाट तरकारी र फलफूल ल्याएर विक्रीवितरण गरेमा कडा कारबाही गरिने चेतावनी दिइएको छ। ती क्षेत्रमा आउने तरकारी तराई तथा भारतबाट आउने गरेको र त्यसले कोरोना संक्रमणको जोखिम बढेको नगरपालिकको जिकिर छ।

यसैगरी, नगरपालिका रहेका खाद्यान्न पसल बिहान ५ देखि ११ बजेसम्म मात्र खोल्न निर्देशन दिइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्