०१ असार २०८३, सोमबार

रेडियो स्टेसन लक्षित आक्रमणमा ५० जनाको मृत्यु

कात्तिक २०, २०७४
रेडियो स्टेसन लक्षित आक्रमणमा ५० जनाको मृत्यु

दमास्कस, १३ वैशाख– टर्कीका सेनाको सुरक्षा कारबाही तथा हवाई आक्रमणमा परी कुर्दिसमा मङ्गलबार कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

इराक र सिरियाको सीमा क्षेत्रमा पर्ने कुर्दिसमा रहेको रेडियोको स्टेसनलाई लक्षित गरी आक्रमण भएको अनुगमनकर्ताहरुले बताएका छन् ।

सिरियातर्फको हासाकाह प्रदेशमा पर्ने ग्रामीण क्षेत्रमा २२ जना मारिएको अधिकारीहरुले जनाएका छन् । इराकतर्फको सिन्जार क्षेत्रबाट २८ जनाको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइटले जनाएको छ ।

बेलायतमा रहेको अनुगमनकर्ताहरुको सो संस्थाले अरु २६ जना घाइते र बेपत्ता भएकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने बताएको छ ।

कुर्दहरुसँगको टर्कीको सत्रुताका कारण कुर्द क्षेत्रमा हिंसात्मक घटना भइरहेको छ । टर्कीको सीमा क्षेत्रमा पर्ने सिरियाको उत्तरी क्षेत्रमा पनि कुर्दहरुलाई उपस्थितिमा निकै कडाइ गरिएको छ ।

अमेरिकाले भने टर्कीको तर्फबाट भइरहेको सुरक्षा कारबाहीमा चासो व्यक्त गरेको छ । टर्कीले आतङ्कवादविरुद्धको गठबन्धनसँग कुनै सहकार्य नगरेको अमेरिकाको टिप्पणी छ ।

salt training

कमेन्ट गर्नुहोस्