०१ साउन २०८३, शुक्रबार

आतंकवादी संगठन आईएसका नयाँ प्रमुख पक्राउ परेको दाबी

जेठ ८, २०७७
आतंकवादी संगठन आईएसका नयाँ प्रमुख पक्राउ परेको दाबी

आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का नयाँ प्रमुखलाई इराकका जासूसी अधिकारीहरूले पक्राउ गरेको स्थानीय समाचारहरूमा खबर छ । 

अब्दुल नासेर किरदाशले आईएसका प्रमुख अबु बकर अल–बग्दादीको स्थान लिएका थिए र अहिले उनी पक्राउ परेका छन्, इराकको सरकारी समाचार संस्थाले लेख्यो । उनलाई पक्राउ गरेर कहाँ राखिएको छ भनी खुलाइएको छैन । 

एक स्थानीय पत्रकारले प्राप्त गरेको तस्वीरमा किरदाशलाई देखिएको छ ।

तर किरदाशको पुरानो तस्वीरसँग यो नयाँ तस्वीर नमिल्ने भनी इराकी समाचार संस्थाको आलोचना पनि भइरहेको छ । 

बग्दादीको मृत्युपछि मुहम्मद अल–मावला उर्फ अब्दुल्लाह कारदाशलाई खलिफ बनाइने खबर आएको थियो । 

बग्दादीलाई चाहिँ सन् २०१९ को अक्टोबर महिनामा सिरियामा लुकेको अवस्थामा अमेरिकाको सुरक्षाबलले मारेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्