काठमाडौं १३ वैशाख– मिडिया एडभोकेसी गु्रप (म्याग)ले प्रदान गर्ने लैंगिक उत्तरदायी मिडिया अवार्ड अन्तरगत फोटो पत्रकारिता अवार्ड गोरखापत्रकी फोटो पत्रकार कविता थापाले जितेकी छन् ।
सन् २०१६को जुन देखि सन् २०१७ को फेब्रुवरीसम्म प्रकाशित फोटोमा थापाले खिचेको फोटोले अवार्ड जितेको हो । राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजभाई सुवाल, पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दु र फोटो पत्रकार विकास रौनियार सम्मिलित निर्णायक मण्डलले काठमाडौंको बवरमहलमा महिलाले ग्यासको सिलिण्डरमाथी बच्चा बोकेर हिडेको तस्वीरलाई उत्कृष्ठ ठहर्याएको हो ।

बुधवार ललितपुरमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले अवार्ड प्रदान गरेका हुन् ।
लेखन सामाग्री तर्फ पत्रकार जनक नेपालले नेपाल म्यागेजिनमा लेखेको ‘आगो सहनेहरु’ शीर्षकको समाग्रीलाई अवाडी प्रदान गरियो । कार्यक्रममा म्यागकी अध्यक्ष बबिता बस्नेतले लैंगिक उत्तरदायी सामाग्री लेख्ने पत्रकारको प्रोत्साहनका लागि अवार्डको सुरु गरिएको बताइन् ।