०४ असार २०८३, बिहीबार

चीनले ‘चन्द्रमा गाउँ’ बसाल्ने योजनामा सहभागिता जनायो

कात्तिक २०, २०७४
 चीनले ‘चन्द्रमा गाउँ’ बसाल्ने योजनामा सहभागिता जनायो

काठमाडौं, १४ वैशाख — चीनले अन्तर्राष्ट्रिय ‘चन्द्रमा गाउँ’ निर्माण गर्ने प्रतिबद्धता देखाएर विज्ञानको क्षेत्रमा आत्मविश्वास बढाएको संकेत दिएको एक चिनियाँ अन्तरिक्षविज्ञले बताएका छन् । चन्द्रमाको अन्वेषण गर्ने आफ्नो एजेन्डामा कायम रही चीनले दह्रो उपलब्धि हासिल गर्नुपर्ने अनि त्यसपछि अन्तरिक्षमा अझ गहिरो अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।


‘चीनले युरोपेली स्पेस एजेन्सी लगायत अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग मिलेर अन्तर्राष्ट्रिय चन्द्रमा गाउँ बनाउनका लागि छलफल गरिरहेको छ,’ चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसनका महासचिव तियान युलोङले बताए ।

युरोपेली अन्तरिक्ष नियोगले चन्द्रमामा रोबोट परिचालनका लागि पूर्वाधार निर्माण गर्ने योजना सार्वजनिक गरेको छ र केही समयपछि मानिसको बस्ती बसाउने सोच बनाएको बताइएको छ ।

चीनले चन्द्रमा गाउँको निर्माणमा सहभागी भएर खुल्ला विचार देखाएको अनि अन्तर्राष्ट्रिय समुदायका लागि साझा हित र सबैको विजय हुने परिणाम सिर्जन ागर्न इच्छा देखाएको जिआओ वेइसिन बताउँछन् । उनी पेकिङ विश्वविद्यालयमा स्कूल अफ अर्थ एन्ड स्पेस सायन्सेसका प्राध्यापक हुन् ।

चन्द्रमा गाउँको स्थापनाले वैज्ञानिक अनुसन्धानको आधार खडा गर्नेछ र चन्द्र अध्ययनका लागि यो अत्यावश्यक कदम हो, जिआओ भन्छन् ।

तर अन्य देशका उपलब्धिको पछि लाग्नुभन्दा चीनले आत्मविश्वास बढाएर आफैं चन्द्रमाको अन्वेषणमा लाग्नुपर्ने समेत उनी बताउँछन् ।

ग्लोबल टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्