१० असार २०८३, बुधबार

थप १९ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ६ सय ३

थप १९ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ६ सय ३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १९ जनामा कोभिड १९ (कोरोना) संक्रमण भएको पुष्टि गरेको छ ।

यससँगै देशभर संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।

आइतवार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप १९ जनामा कोभिड १९ संक्रमण देखिएको बताए ।

उनका अनुसार बारा कलैयाका ३२ बर्षीय पुरुष, वीरगञ्ज पर्साका २५ बर्षीय पुरुष, पर्सा घर भएका बारामा कार्यरत अर्का ३४ पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहटका ३२ वर्षीय पुरुष, सर्लाही हरीपुरका ३्६ वर्षीया पुरुष, रुपन्देही  सम्हारीमाईका २ जना ४० वर्ष र ५० वर्षका पुरुष, रुपन्देही ३२ वर्षका पुरुष, काठमाडौं सोह्रखुट्ट्ेका ७० वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा नयाँ संक्रमण देखिएको हो ।

यस्तै भैरहवा गरिएको परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिकाका ३ जना ३२, ३० र ४० पुरुषहरु, कपिलवस्तु खैरातीका ३ जना ३०, ३७ र ५२ वर्षीय पुरुष, गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय गरी कूल १९ जनामा संक्रमण देखिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्