३१ असार २०८३, बुधबार

गलकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट, पीडित परिवार छिमेकीको आश्रयमा

गलकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट, पीडित परिवार छिमेकीको आश्रयमा

बागलुङको गलकोट नगरपालिका ७ मल्मसिरबारेमा आइतबार दिउँसो एक घरमा आगलागी भएको छ।

स्थानीय जुक्तबहादुर खड्काको घरमा आगलागी हुँदा झन्डै २० लाख बराबरको क्षति भएको वडा अध्यक्ष टीकाबहादुर थापाले जानकारी दिए। आगलागी हुँदा घर जलेर नष्ट भएको छ।  
आगलागी हुँदा आडैमा रहेको खड्काका भाइ टेकबहादुर खड्काको घरको एकापट्टीको भाग जलेर क्षति पुगेको छ।

घरको छानो र गाह्रो जलेको वडा सदस्य पदमा नेपालीले जानकारी दिए। घर पूर्ण रूपमा क्षति भएपछि खड्का परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।

दिउँसो सवा ४ बजे आगलागी भएकोमा स्थानीयको सहयोगमा झण्डै २ घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीको घटनाको इलाका प्रहरी कार्यालय गलकोटको टोली घटना स्थलमा पुगि मुचुल्का समेत उठाएको  छ।

खड्काको परिवारमा श्रीमती, २ छोरा, बुहारी र नातिनातिनी गरी ६ जना छन्।-थम्मन थापा/बागलुङ

salt training

कमेन्ट गर्नुहोस्