१८ असार २०८३, बिहीबार

तनहुँ, गोरखा र धादिङ आसपासका नदीमा आकस्मिक बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह

तनहुँ, गोरखा र धादिङ आसपासका नदीमा आकस्मिक बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह

ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयले तनहुँ, गोरखा, धादिङ हुँदै बग्ने केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ ।

मन्त्रालय अन्तर्गतको बाढी सूचना विभागले आइतवार सामाजिक सञ्जाल ट्वीटरमा यस्तो सतर्कता अपनाउन सुझाव दिएको हो ।

ट्वीटरमा लेखिएको छ, ‘जेठ -१२ साँझ ५ बजे हाल तनहूँ, गोरखा, धादिङको केही स्थानमा मध्यम बर्षा र चितवन, नुवाकोटका उपत्यका, ओखलढुङगा, दोलखा, सिन्धुपाल्चोक र आसपास केही स्थानमा हल्का वर्षा भइरहेको छ । तनहूँ, गोरखा, धादिङ भई बहने केही साना नदीमा आकस्मिक बहाव हुन सक्छ, तटीय क्षेत्रमा आज रातिसम्म सतर्कता अपनाऔ ।’

salt training

कमेन्ट गर्नुहोस्