प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा दिन नपाएका विद्यार्थीको सम्बन्धमा सरकारले छिट्टै प्रबन्ध गर्ने बताएका छन् ।
एसईईबारे शिक्षा मन्त्रालयले छिट्टै आवश्यक निर्णय लिने उनले बताए ।
कोरोनाको महामारी कहिलेसम्म जान्छ भनेर अहिल्यै भन्न नसकिने उनले बताए ।
सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले भर्चुअल कक्षामार्फत पठनपाठन सञ्चालन गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।