काठमाडौं, ७ पुस — प्रकृतिलाई जगेर्ना गर्नका लागि हरप्रकारका प्रयास भइरहेका छन् । अहिले एउटा कला परियोजनाले प्रकृति संरक्षणमा जोड दिइरहेको छ । शरीरकलाका कलाकारहरू लियोनी र जर्जेस दुस्तेभाल्दले फोटोग्राफरहरू उवे स्मिड्ट र लैला प्रगिन्जरको सहकार्यमा प्राकृतिक स्थानमा मानवशरीरलाई समावेश गरेका छन् ।
यी फोटोहरूमा फोटोशप गरिएको छैन । मोडेलहरूलाई जमिनमा सुताएर पेन्टिङ गरिएको थियो ताकि शरीर र पृष्ठभूमिका बीच फ्युजन बनोस् ।