स्थानीय निर्वाचन नजिकिँदै गर्दा राजधानीबाट नजिकको जिल्ला काभ्रेका नगरहरुमा राजनीतिक दलहरुले उमेदवार छान्न सकेका छैनन् । उम्मेदवारी दर्ता गर्ने समय १८ गतेका लागि तय भएको भएपनि दलहरु आन्तरिक विवादमै छन्, जसका कारण मतदाताले अझै दलहरुबाट उम्मेदवार पाउन सकेका छैनन् ।
राजनीतिक दलका स्थानीय र केन्द्रका नेताहरुले आफू निकटका व्यक्तिलाई उमेदवार बनाउन लागि पर्दा मेयर र उपमेयर को टुङ्गो लगाउन सकिरहेको छैन् ।
दलगत निर्णय भन्दापनि आफू अनुकुल गुट हावी भएका कारण टिकटको टुङ्गो लगाउन नसकेको एमाले नेताहरु वताउँछन् ।
तस्तै नेपाली काङ्ग्रेसले पनि सवै नगरहरुमा उमेद्वार को टुङ्गो लगाउन सकेको छ्रन् । काङ्ग्रेस नेताहरुको क्षेत्र पनैतिमा पूर्व अध्यक्ष शिव हुमागाँई र वर्तमान अध्यक्ष मधु आचार्यको फरक गुटका कारण उम्मेवार टुङ्गाउन सकेको छैन तर सवैको साझा व्यति भोला थापाको नाम भने अग्र स्थानमा रहेको काङ्ग्रेस निकट स्रोतले वतायो ।
थापा, कुनै गु्टमा पनि नभएका कारण उनको पक्षमा केही नेताहरु देखिएका छन् भने कांग्रेसका कार्यकर्ताले उनी उम्मेदवार भएको खण्डमा जीत निकाल्न सकिने दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले पनि उमेद्वार को टुङ्गो लगाउन सकेको छैन् । राप्रपा नयाँ सतिm र विवेकशिल नेपाली दलहरु पनि काभ्रे मा भिड्ने तयारी मा छन् ।
कुन पार्टीका को उम्मेदवारवनेपा नगरपालिका नेकपा एमालेले वनेपा नगरमा मेयर र उपमेयर को टुङ्गो लगाईसकेको छ । मेयर मा वनेपामा राम्रो छवि वनाएका पुराना नेता लक्ष्मि नरसिङ् वादेलाई वनाएको छ भने उपमेयर मा रेखा दहाललाई वनाएको छ । दहाल विधार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएकी हुन् ।
नेपालि काङ्ग्रेसले भने वनेपा नगरपालिकामा नाम टुङ्गाउन सकेको छैन् । काङ्ग्रेसको भोट बैंक मानिने वनेपामा धेरै आकांक्षीहरु भएपछि टुङ्गो लाग्न नसकेको हो । विगत को चुनावमा पनि वागी उमेद्वारसमेत उठेको यो क्षेत्रमा सही ढंगमा उम्मेदवार छान्न सकिएन भने समस्या पर्ने कांग्रेस नेताहरुको भनाइ छ ।
नेकपा माओवादि केन्द्र र राप्रपा लगायत साना दलहरुले पनि उमेद्वारी टुङ्याउन सकेका छैनन् ।
धुलिखेल नगरपालिका धुलिखेल नगरमा नेकपा एमालेले धुलिखेल कै पूर्व उपमेयर तथा एमाले काभ्रेका उपाध्यक्ष अशोक व्यन्जुलाई चुनेको हो । राम्रो छवी बनाएका व्यन्जुजले आफ्नो प्रचार प्रसारलाई तिव्र पारेका छन् । उपमेयर एमाले जिल्ला कमिटि सदस्य बिमला शर्मालाई दिएको छ । घुलिखेल कै स्थानीय र व्यवसायी भएको कारण उनको जनाधार आधार वलियो भएको एमाले नेताहरुको दावी छ ।
घुलिखेलमा नेपालि काङ्ग्रेसले उमेद्वार छान्न सकेको छैन । आन्तरीक किचलो र एमालेको अवस्था घुलिखेलमा राम्रो भएकाले काङ्ग्रेस ले एमाले उम्मेदवारलाई पराजित गर्ने उमेदवार छान्नका लागि ढिलो गरेको तर्क गरेको छ ।
माआवादि केन्द्र ,राप्रपा लागतका दलहरु पनि उमेद्वार को टुङ्गो लगान लागि परेका छन् ।
पनौति नगरपालिका पनौति नगरपालिकामा नेपाली काङ्ग्रेस ,एमाले, मओवादी केन्द्र राप्रपा लगायत कुनै दल ले उम्म्ेदवार छान्न सकेका छैनन् ।
विवेकसिल नेपाली दल काभ्रे का संञ्योजक समेत रहेका भुषण कुमार श्रेष्ठ लाई उमेद्वार वनाउने भएको छ ।
नमोवुद्ध नगरपालिका नमोवुदद्ध नगरमा पनि पार्टिका नेताहरु आफ्नो नजिकको मान्छे छान्ने होडवाजिमा उत्रिएपछि अहिलेसम्म कुनै पार्टीले पनि उम्मेदवार छान्न सकेका छैनन् ।
पाँचखाल नगरपालिका पाँचखाल नगरमा नेपाली काङ्ग्रेसको तर्फवाट क्षेत्रिय सभापति समेत रहेका महेश खरेलाई अघि सारेको छ । एमाले ,माओवादी केन्द्र लागायत अन्य दलहरुले भने अहिलेसम्म टुङ्गो लगाउन सकेका छैनन् ।
नयाँ शक्ति नेपाल का तर्फवाट भने श्रीकृष्ण धिमाल लाई अघि सारेको नयाँ शक्तिका नगर नेता ज्ञानबहादुर थापा ले वताए ।
मन्डन देउपुर नगरपालिका मन्डन देउपुर नगरमा नेपाली काङ्ग्रेसले मेयर मा नेपाली काङ्ग्रेस का जिल्ला उपसभापति रहेका अच्युत पौडेललाई छानेको छ भने उपमेयर को टुङगो लगाउन सकेको छैन् । नेकपा एमालेबाट भने अहिलेसंम्म आधिकारीक धारणा आएको छैन् ।
नेकपा माओवादि केन्द्रले भने दुवै पदमा उम्मेदवारको टुङ्गो लगाई सकेको छ । मेयरमा रीता ढकाल र उपमेयर मा निरन्जन विष्टलाई अघि सारेको छ ।