१७ असार २०८३, बुधबार

रेबिजको जोखिम बढेपछि गोठमा तारजाली लगाउन आग्रह

कात्तिक २०, २०७४
रेबिजको जोखिम बढेपछि गोठमा तारजाली लगाउन आग्रह

चितवन, १४ वैशाख– जिल्लामा रेबिज रोगको सङ्क्रमण बढ्ने सङ्केत देखिएपछि जिल्ला पशु सेवा कार्यालयले किसानलाई गोठमा तारजाली लगाउन आग्रह गरेको छ ।

कार्यालयका अनुसार विगत एक महिनाको अन्तरालमा जिल्लामा रेबिज रोगका कारण चार वटा पशुको मृत्यु भएको छ ।

कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत व्यावसायिक रुपमा पशुपालन गर्दै आएका र अन्य किसानलाई गोठमा तारजाली लगाउन आग्रह गरेको हो ।

जिल्लामा बढी मात्रामा जङ्गलको छेउछाउमा पशुपालनका लागि गोठ बनाइनु र बढ्दो गर्मीका कारण रेबिज सङ्क्रमण बढ्न सक्ने भन्दै किसानलाई यस्तो आग्रह गरेको कार्यालयका प्रमुख डा डिल्लीराम सेडाईंले बताए ।

गोठ खुल्ला हुँदा रेबिज रोग लागेका कुकुर, स्याललगायतका जनावारले पशु चौपायलाई टोक्ने र रेबिज रोग लाग्न सक्ने भन्दै गोठमा तारजाली लगाएर सुरक्षित गर्नका लागि आग्रह गरेको उनले बताए ।

जिल्लामा अहिले रेबिजको सङ्क्रमण देखिन लागेपछि ४०० ‘डोज’ सुई प्रयोगमा आइसकेको कार्यालयले जनाएको छ ।

जिल्लामा व्यावसायिक गाई भैँसी पाल्ने कृषक फर्म ६९२ वटा रहेका छन् जहाँ चार हजार २०० गाई भैँसी व्यावसायिक रुपमा पालिएको छ ।

केही पशुको बिमा गरिएको भए पनि सबैको बिमा नभएको कार्यालयले जनाएको छ । यस्तै बाख्रा फर्म २२७, बङ्गुर फर्म २२०, कुखुरा फर्म २२७ र ह्यचरी १०३ वटा रहेको कार्यालयले जनाएको छ ।

व्यावसायिक पशुपालन गर्ने किसानको सङ्ख्यामा वृद्धि भए पनि बिमा गर्नेको सङ्ख्यामा भने उत्साहजनक सहभागिता नहुँदा किसान समस्यामा पर्ने गरेको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्