०७ असार २०८३, आइतबार

हुण्डाईको नयाँ थ्री एस सेन्टर विराटनगरमा

कात्तिक २०, २०७४
हुण्डाईको नयाँ थ्री एस सेन्टर विराटनगरमा
विराटनगर, १४ वैशाख– नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित बिराटनगरस्थित आफ्नो डिलर रोयल अटो वल्र्डको संयोजकतोमा नयाँ थ्री एस सेन्टर उद्धाटन गरेको छ ।
बिराटनगर र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जनाएको छ ।

थ्री एस सेन्टरको उद्घाटन रोयल अटो वल्र्डका अध्यक्ष भिम प्रसाद पौडेल तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। का कार्यकारी निर्देशक श्री निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

बिराटनगरको केन्द्रीय स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्री एस सेन्टरमा ५ वटासम्म गाडिको सोेरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।

यस सेन्टरमा प्रति महिना ६०० वटासम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि छ । साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने छन् ।

लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। ले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्