०५ असार २०८३, शुक्रबार

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

कात्तिक २०, २०७४
ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

रत्ननगर, १४ वैशाख– चितवनमा प्रहरीले १० दिनको अन्तरालमा विभिन्न क्षेत्रबाट कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले सुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा वैशाख ४ गतेदेखि आजसम्म कच्चा पदार्थसहित २३ हजार ५५० लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घरेलु मदिरा उत्पादन गर्ने भट्टीमै पुगेर नियन्त्रण अभियान चलाइदा आजसम्म घरेलु मदिरा बनाउने कच्चा पदार्थ १८ हजार ४६० लिटर र तयारी मदिरा पाँच हजार ९० लिटर नष्ट गरिएको छ ।

स्थानीय निकायको निर्वाचन नजिकिएसँगै आपाराधिक क्रियाकलापलाई निरुत्साहित गर्न जिल्लामा प्रहरीले १० वटा युनिट परिचालन गरेर चलाइएको अभियानमा मदिरा बनाउन प्रयोग हुने २३३ थान भाँडासमेत बरामद गरेको र केही क्षेत्रका मदिरा बनाउने भट्टीसमेत भत्काइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्