
काठमाडौं, १४ वैशाख–पाकिस्तानमा सबैभन्दा राम्रा अजिखेली प्रजातिका भैसीे खोजिको लागि भएको प्रतियोगितामा दुई सयबढी भैसी सहभागी भएका छन् ।
‘द डन’ समाचारको एक रिपोर्टका अनुसार पास्तिानको उत्तरी जिल्लाको कार्यालय मिनगोरामा तीन दिन चलेको उत्सवमा किसान र भैसी पाल्ने व्यवसायीको बाक्लो उपस्थिती रहेको थियो ।
यो उत्सवमा अजिखेली प्रजातिको भैसीको संख्या बढाउनका लागि आयोजना गरिएको थियो ।
यस कार्यक्रममा अमेरिकी सरकारकोनागरिक वित्तीय सहयोग एजेन्सी यूएसएडबाट सहायता प्राप्त भएको थियो । जित्नेवाले भैसीले १ लाख २० हजार रुपैयाँको इनाम पाएको थियो ।
यो पुरकार लइक बदर नामक किसानले जितेका थिए । उनले आफूलाई भैसीले इनाम जिताएको भन्दै खुसी व्यक्त गरे ।
पाकिस्तानमा भैसी सोन्दर्य प्रतियोगिता भएको पहिलो पटक हो ।