०४ साउन २०८३, सोमबार

भारतलाई इन्डिया नभन्नका लागि सर्वोच्च अदालतमा दिइएको निवेदन खारेज

जेठ २१, २०७७
भारतलाई इन्डिया नभन्नका लागि सर्वोच्च अदालतमा दिइएको निवेदन खारेज

भारतको सर्वोच्च अदालतले देशको संविधानबाट इन्डिया शब्दलाई हटाउनका लागि परेको निवेदन बुधवार खारेज गरेको छ ।

दिल्लीमा बस्ने नमः नामक व्यक्तिले भारतको संविधानको धारा १ बाट इन्डिया शब्द हटाएर भारत मात्र राख्न र देशको एक मात्र पहिचान भारत शब्दबाटै दिनका लागि पेश गरेको निवेदनलाई सर्वोच्च अदालतले खारेज गरेको हो । 

निवेदकका अनुसार, इन्डिया नाम दासताको प्रतीक हो र देशका लागि भारत वा हिन्दुस्तान नाम मात्र आवश्यक छ । 

संविधानसभामा भएका बहसहरूलाई उद्धृत गर्दै निवेदकले भारत नाम मात्र राख्न जिकिर लिएका हुन् । विगत केही वर्षमा भारतका विभिन्न ठाउँको नाम परिवर्तन गरिएको सन्दर्भ पनि उनले उल्लेख गरेका छन् । 

तर अदालतले संविधानमा भारत शब्द परिसकेको भन्दै इन्डियालाई हटाउनुको तुक नरहेको भनेको छ । तर सरकारले यस निवेदनलाई ज्ञापनका रूपमा विचार गर्नका लागि अदालतले अनुमति दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्