१५ असार २०८३, सोमबार

लकडाउन खुकुलो नबनाए उल्लंघन गर्ने पोखराका व्यवसायीहरूको चेतावनी

जेठ २१, २०७७
लकडाउन खुकुलो नबनाए उल्लंघन गर्ने पोखराका व्यवसायीहरूको चेतावनी

पोखराका उद्योगी व्यवसायीले लकडाउन खुकुलो नबनाए उल्लंघन गर्ने चेतावनी दिएका छन् ।

उनीहरूले कोरोनाभन्दा भोकमरीले मर्ने बेला आएको भन्दै लकडाउन खुकुको नपारिए अवज्ञा गर्ने चेतावनी दिएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघले बुधवार पत्रकार सम्मेलन गरी सुरक्षाको व्यवस्थासहित समयतालिका मिलाएर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने सुझाव सरकारलाई दिएको स्मरण गराउँदै माग सम्बोधन नभए तालाचाबी सरकारलाई नै बुझाउनेसमेत जनायो । 

संघ अध्यक्ष दामु अधिकारीले भने, ‘हाम्रो ध्येय व्यापारमात्रै हैन, व्यापार गर्दै राज्यलाई कर र शुल्क तिर्नुपनि हो अनि अर्थतन्त्रलाई चलायमान बनाउनु पनि हो । कोरोनाबाट व्यापारी मात्रै बच्ने कुरा पनि आउँदैन । हामी हाम्रो र उपभोक्ताहरूको सुरक्षा अनि स्वास्थ्यप्रति सचेत छौं र, सचेतताकै बीचमा व्यापार व्यवसाय गर्न चाहन्छौं ।’

व्यवसायको प्रकृति हेरी समयतालिका अनुसार व्यवसाय खुलेमा त्यसले अर्थतन्त्रलाई गति दिने उनको भनाई छ । तर कुन–कुन पसल खोल्ने भन्ने विषयमा भने स्पष्ट पारिएको छैन ।

सानोतिनो पसल मंगलवारदेखि नै आफूहरूले सुचारू गरेको बताएका छन्।

जेठ २५ सम्म सरकारले भनेझै विभिन्न कर तिर्न नसकिने र समयसीमा असार मसान्तसम्म पुर्‍याउनु पर्ने संघको माग रहेको पत्रकार सम्मेलनमा जनाइयो ।

झण्डै ३ महिना लामो लकडाउनले व्यापार व्यवसाय हुन नसकेको, कर्मचारीसमेत बिदामा रहेको हुँदा कसरी कर तिर्न सकिन्छ भनी गुनासो व्यवसायीको छ ।

पोखराको निजी क्षेत्रले यसअघि सारेका माग र सुझाव यथावत् रहेको दोहोर्‍याउँदै परिस्थितिको विषमतालाई ध्यानमा राख्दै  प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्रमा परेका घरजग्गा कर  र अन्य  करहरूमा छुटको व्यवस्था गर्न आग्रहसमेत गरिएको छ ।

लकडाउनको समयमा पोखरा न्युरोडको मुख्य बजार क्षेत्र

संघीय सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको तर गण्डकी प्रदेशको नीति तथा कार्यक्रमलाई आफूहरूले खुलेर प्रशंसा गरेको बताइएको छ । 

यस्तै, पोखरामा आयातित तरकारी नष्ट गरिएकोमा आपत्ति जनाउँदै दोषीमाथि कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।

कास्की बाहिरबाट तरकारी तथा फलफूल ल्याएको भन्दै पोखरा १५ र ३३ मा वडाध्यक्षकै सक्रियतामा ६ गाडी तरकारी नष्ट गरिएको थियो । 

संकट बेला खाद्यान्न र तरकारी नष्ट गराउनुले कृषि पेशा अपनाउनेहरूलाई हतोत्साही बनाएको उनीहरूको जिकिर छ । 

उनीहरूले घटनाको निन्दा गर्दै तत्काल ती व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गर्न, दोषीलाई कारवाही गर्न एवं आइन्दा यस्ता गतिविधि नदोहोर्‍याउन माग गरेका छन् ।

कार्यक्रममा सांसद बिन्दुकुमार थापाले परीक्षण दायरा बढाउनु पर्ने माग गरे ।

सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि ११ चैतदेखि जारी राखेको लकडाउन जेठ ३२ सम्म डकायम राख्ने निर्णय गरेको छ ।

लकडाउन मोडालिटी फेर्ने विषयमा सरकारले तयारी थाल्दै गर्दा पोखरामा उल्लंघन चेतावनी दिनुलाई कतिपयले निको मानेका छैनन् ।

मंगलवारमात्रै नेपालमा २८८ जना कोरोनासंक्रमित भेटिएका थिए ।'

salt training

कमेन्ट गर्नुहोस्