
भारत र चीनबीच लद्दाख सीमामा चलिरहेको विवाद अब स्मार्टफोन यापसम्म पनि पुगेको छ ।
भारतमा लोकप्रिय बनेको रिमुभ चाइना याप्सलाई गूगलले प्लेस्टोरबाट हटाएको छ । उक्त यापले फोनमा भएको टिकटक, जूम जस्ता चिनियाँ यापलाई स्क्यान गरेर आफैं डिलिट गरिदिन्थ्यो ।
गूगलले याप हटाएपछि भारतीयहरू आक्रोशित बनेका छन् ।
रिमुभ चाइना याप भारतको जयपुरमा रहेको कम्पनी वान टच यापल्याब्सले ल्याएको थियो । केही समयभित्रै यस यापलाई ५० लाखपटक डाउनलोड गरिएको थियो ।
अनि चिनियाँ याप टिकटकलाई चुनौती दिनका लागि भारतले ल्याएको मित्रों याप पनि प्लेस्टोरबाट हटेको छ । तर यसलाई गूगल आफैंले हटाएको हो कि याप बनाउनेले नै हटाएको भन्ने स्पष्ट छैन ।
मित्रों याप भारतमै बनेको भनी प्रचार गरिएको भए पनि यो पाकिस्तानको क्युबोक्सस कम्पनीले बनाएको पत्ता लागेको छ ।

चीनको दबाबमा यी यापहरू हटाइएको भारतीय प्रयोगकर्ताहरूको आरोप छ ।